नेपाल ‘ए’ को लगातार दोस्रो जित

नेपाल ‘ए’ ले अभ्यास खेलमालगातार दुई जित दर्ता गरेको छ । नेपाल ‘ए’ ले अमेरिकालाई ३ विकेटले पराजित गरेको हो । माथिल्लो मूलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनाएको थियो ।

अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ४९.१ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपाल ‘ए’ को लागि मध्यक्रममा आएका मयन यादवले सर्वाधिक ७२ रनको पारी खेले । उनले ० बलमा ४ चौका र ३ छक्का प्रहार गरे । ओपनरद्वय तृतराज दास र अनिल शाहले क्रमशः २३ र २७ रन बनाए ।

देव खनालले १७, सन्दीप जोराले ३६ रन बनाउँदा कुशल मल्ल ३३ रनमा कट एण्ड बोल्ड भए । वसिर अहमदले १ रन बनाए । पवन सर्राफ २४ र दिपक प्रसाद डुम्रे २ रनमा अविजित रहे । अमेरिकाका लागि बलिङतर्फ मिलिन्द कुमारले सर्वाधिक २ विकेट लिए । सौरभ नेत्रभाल्कर, नोस्थुस केन्जिगे, रुसिल उगारकर, हर्मित सिंह र सञ्जय कृष्ण्मुर्थीले १–१ विकेट लिए । त्यसअघि, ब्याटिङ गरेको अमेरिकाको लागि ओपनर ब्याटर समित पटेलले सर्वाधिक ११६ रनको शतकीय पारी खेलेका थिए ।

उनले १०८ बलमा १० चौका र ५ छक्का प्रहार गरेका थिए । मोनांक पटेलले २० रन बनाएका थिए । साइतेजा रेड्डी मुक्कामल्ला १०, शुभम रन्जानेले १६, सञ्जय कृष्णमुर्थी १५ रन बनाए । हर्मित सिंह २५ र जसप्रित सिंह ३३ रनमा अविजित रहे । नेपाल ‘ए’ को लागि पवन सर्राफले सर्वाधिक २ विकेट लिए । विपिन खत्री, साहब आलम, वसिर अहमद, शेर मल्ल, रासिद खान र नारायण जोशीले १–१ विकेट लिए । अभ्यासको पहिलो खेलमा नेपाल ‘ए’ ले स्कटल्यान्डलाई ४५ रनले हराएको थियो ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.