चितवनको इच्छा कामनास्थित तुइनखोला नजिकैको सडकमा गएराति खसेको ढुंगा हटाएपछि मुग्लिन–नारायणगढ सडकमा यातायात सुचारु भएको छ।
मुग्लिन–नारायणगढ सडक अन्तर्गत पर्ने चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा ढुंगासहितको पहिरो शुक्रबार बिहादेखि यो सडक अवरुद्ध थियो।
डोजरको सहायतमा सडकको ढुंगा पन्छाएपछि केहीबेरअघिबाट सडकमा दुईतर्फी न नै गाडी चल्न थालेका सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
