हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र सुदन किराती समूहबिच एकता गर्ने सहमति भएको छ ।
बिहीबार राति साम्पाङ र किरातीबीच एकतासम्बन्धी सहमति भएको हो ।
किराती समूहले एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने सहमति भएको छ । किराती पार्टीमा वरिष्ठ नेता रहनेछन् ।
सहमतिसँगै शुक्रबार एकता घोषणा गरिँदैछ । एकता घोषणा कार्यक्रम अपराह्न ३ बजे बागबजारको हार्दिक होटल हुँदैछ ।
पूर्वमाओवादी नेता किराती चुनावअघि माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका थिए । पछि उनले पार्टी परित्याग गरेका थिए । किराती पर्यटनमन्त्री समेत बनेका थिए ।
