रास्वपाले भोलि र पर्सि सांसदलाई प्रशिक्षण दिने, समापनमा रविको मन्तव्य

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सांसदहरूलाई दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण दिने भएको छ।

वैशाख २६ र २७ गते सांसदहरूलाई स्टाफ कलेज जाउलाखेलमा प्रशिक्षण दिने कार्यक्रम तय भएको हो ।

प्रवक्ता मनिष झाका अनुसार उद्घाटन उपसभापति स्वर्णिम वाग्लेले गर्नेछन् । यस्तै कार्यक्रमको समापन मन्तव्य सभापति रवि लामिछानेले दिनेछन्।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.