नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेका अनुसार बुधबार दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो।
कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीति तथा सरकारले सुकुमवासी बस्तीमा डोजर चलाएको विषयमा छलफल गर्ने कांग्रेसको तयारी छ।
