प्रि-ओपन सेसनमा १.६९ अंकले घट्यो सेयर बजार

 साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक घटेर बन्द भएको छ। सेसनमा १.६९ अंक घटेर २६३३.३१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४३ स्टकको ९० पटकको कारोबारमा २ करोड ७ लाख ५६ हजार २५७ रुपैयाँ २० पैसाबराबरको २७ हजार ३९३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *