गगन–विश्व र पूर्णबहादुरबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले नेता पूर्णबहादुर खड्कासँग छलफल गरेका छन्।

नेता खड्कालाई भेट्न सभापति थापा र उपसभापति शर्मा उनको निवास गोल्फुटार पुगेका थिए।

आज बिहान ११ बजेदेखि मध्याह्न साढे १२ बजेसम्म उनीहरूबीच भेटवार्ता भएको हो।

नेता खड्का तथा सभापति थापा र उपसभापति शर्माबीच भेटवार्ता भएको नेता खड्काको सचिवालयले जानकारी दिएको छ।

पार्टीभित्रका आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो। सभापति थापाले मंगलबार नेता शेखर कोइरालालाई भेटेका थिए।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.