बुधबार नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। बुधबार २७१२ विन्दुमा बन्द भएको नेप्से यसदिन २७११ विन्दुमा बन्द भएको हो।
कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार ३ अर्ब ४३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब १९ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३३६ वटा धितोपत्रको ७१ लाख ३१ हजार ५५७ कित्ता सेयर किनबेच भएको हो। बुधबार १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ वटाको घटेको छ। यस्तै, १५ कम्पनी स्थिर छन्।
यसदिन, फरवार्ड माइक्रोफाइनान्सको मूल्य सर्वाधिक १३.७४ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३०० रूपैयाँ पुगेको छ।
यस्तै, अपर लोहोरे खोला हाइड्रोपावरको मूल्य ५.९५ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५७० रूपैयाँ कायम भएको छ।सर्वाधिक मूल्य घट्नेमा भगवती हाइड्रोपावर रहेको छ।
उक्त कम्पनीको मूल्य ८.९० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६२८ रूपैयाँ ६० पैसामा झरेको छ। यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको मूल्य ७.२७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार २० रूपैयाँमा सीमित भएको छ। बुधबार सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
