बागमती प्रदेशमा बिहीबार सार्वजनिक बिदा

बागमती प्रदेशमा बिहीबार सार्वजनिक बिदा परेको छ । प्रदेश सरकारले बिहीबार (बैशाख २४ गते) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बिहीबार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस परेकोले सोही दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको बागमती प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

सार्वजनिक बिदा परेसँगै बिहीबार प्रदेशभर सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था पनि बन्द रहने भएका छन् ।

बागमती प्रदेशमा सार्वजनिक बिदा परेसँगै बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि बन्द हुने भएको छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.