स्मार्ट टेलिकमका अध्यक्ष सर्बेश जोशी पक्राउ

स्मार्ट टेलिकमका अध्यक्ष सर्बेश जोशी पक्राउ परेका छन् । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा जोशीलाई सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

स्मार्ट टेलिकम प्रा. लि.ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको भन्दै उनलाई पक्राउ गरिएको प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए ।

जोशीलाई पक्राउ गर्न काठमाण्डु जिल्ला अदालतबाट अनुमति लिइएको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरण जमल काठमाण्डुबाट ०७० बैशाख २ गते दूर सञ्चार सेवा सञ्चालन गर्नको लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिई सञ्चालन भएको स्मार्ट टेलिकमले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारण दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम ०८० बैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको पाइएको छ ।

ु०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएकोमा नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उदेश्यका साथ कार्य गरी गराई ठगी तथा आपराधिक विश्वासघात कसूरमा पक्राउ गरिएकोु विज्ञप्तीमा उल्लेख छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.