सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेललाई सोमबार दर्ज्यानी चिन्ह (फुली) प्रदान गरिने भएको छ ।
१८ वैशाखमा चार वर्षे पदावधिका कारण राजु अर्याल अनिवार्य अवकाशमा गएपछि उनको ठाउँमा सरकारले पौडेललाई आईजीपी बनाउने निर्णय गरेको थियो । शनिबारदेखि नै आईजीपी खाली भए पनि दुई दिन सार्वजनिक बिदा भएका कारण पौडेललाई सोमबार मात्रै दर्ज्यानी चिन्ह प्रदान गरिने भएको हो ।
सोमबार बिहान पौने ९ बजे पौडेललाई फुली लगाइदिनेगरि कार्यक्रम तय गरिएको छ । पौडेलले गृहसचिव राजकुमार श्रेष्ठको हातबाट दर्ज्यानी चिन्ह लगाउने छन् ।
