विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष अधिकारीले पनि दिए राजीनामा

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले राजीनामा दिएका छन् । अध्यादेश जारी हुनुअघि उनले शुक्रवार नै राजीनामा दिएका हुन् ।


अध्यादेश जारी हुनुअघि हिजै राजीनामा दिएको बताएका छन् । २०७९ माघमा उनी नियुक्त भएका थिए । सरकारले पूर्ववर्ती सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरूको खारेजी गर्नेगरी अध्यादेश जारी गरेको छ ।

सरकारले विभिन्न ११० वटा कानुन संशोधन गरेर १५ सय बढी राजनीतिक नियुक्ति खारेज हुनेगरी अध्यादेश ल्याएको हो । उक्त अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले आज जारी गरिसकेका छन् ।

अध्यादेश जारी हुनुअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दीपक अर्यालसहितका पदाधिकारीले पनि राजीनामा दिइसकेका छन् ।

१७ वैशाखमा उपकुलपति अर्यालसहित शिक्षाध्यक्ष प्रा.डा.खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् । यसैगरी शुक्रवार संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले पनि राजीनामा दिएका थिए । त्यसैगरी त्रिवि सेवा आयोगका अध्यक्ष प्रा।डा। धनश्याम भट्टराईले राजीनामा दिएका छन् ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.