राष्ट्रिय सभा कांग्रेस सचेतकमा पदमबहादुर परियार

राष्ट्रिय सभामा नेपाली कांग्रेसको सचेतकमा पदमबहादुर परियार मनोनित भएका छन्।

बुधबार कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले परियारलाई सचेतक मनोनित गरेका हुन्। कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (३) बमोजिम राष्ट्रिय सभाका लागि सचेतकमा परियारलाई मनोनयन गरिएको जनाइएको छ।

कांग्रेस संसदीय दलको विधानले राष्ट्रिय सभामा संसदीय दलको नेता र सचेतक मनोनित गर्ने अधिकार संसदीय दलका नेतालाई दिएको छ। त्यही अधिकार प्रयोग गरेर बुधबार नै आङदेम्बेले कृष्णप्रसाद सिटौलालाई हटाएर कमला पन्तलाई राष्ट्रिय सभामा संसदीय दलको नेता मनोनित गरेका थिए।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.