सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका विभिन्न निकायका ३० जना भन्दा बढी पदाधिकारीहरूलाई पदमुक्त गरेको छ ।
मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पशुपति क्षेत्र विकास कोष, नेपाल वायु सेवा निगम, सांस्कृतिक संस्थान, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का सबै पदाधिकारी पदमुक्त भएको जनाएको हो ।
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को दफा (२)को उपदफा (१) बमोजिम मन्त्रिपरिषद्बाट नियुक्त भएका ती पदाधिकारीलाई पदमुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
