नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश समितिका इञ्चार्ज र संयोजकहरू लगभग टुंग्याएको छ। नेकपाको सोमबार बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले ७ भूगोल प्रदेश र २ गैरभौगोलिक प्रदेशका ईञ्चार्ज र संयोजक लगभग टुंग्याएको हो।
तर, नेकपाका एक नेताले प्रदेशका इन्चार्ज, संयोजक, सहसंयोजक र केही विभागका प्रमुख एवं उपप्रमुखबारे सोमबारको बैठकमा प्रस्ताव आए पनि टुंगो नलागिसकेको दाबी गरे। यस विषयमा थप छलफल हुने उनको भनाई छ।
यी हुन् प्रस्तावित प्रदेश इञ्चार्जहरू
– कोशी प्रदेश: राजेन्द्र राई
– मधेस प्रदेश: महिन्द्र राय यादव
– बागमती प्रदेश: डा. गङ्गालाल तुलाधर
– गण्डकी प्रदेश: श्रीनाथ बराल
– लुम्बिनी प्रदेश: चक्रपाणि खनाल
– कर्णाली प्रदेश: चन्द्रबहादुर शाही
– सुदूरपश्चिम प्रदेश: डा. भीम रावल
– उपत्यका विशेष प्रदेश: हितमान शाक्य
– सम्पर्क समन्वय प्रदेश: यशोदा सुवेदी
यी हुन् प्रस्तावित संयोजकहरू
– कोशी प्रदेश: हर्क नेम्वाङ
– मधेश प्रदेश: राजु खड्का
– बागमती प्रदेश: सरल सहयात्री
– गण्डकी प्रदेश: गायत्री गुरुङ
– लुम्बिनी प्रदेश: अब्दुल हुसेन खान
– कर्णाली प्रदेश: बिमला केसी
– सुदूरपश्चिम प्रदेश: हरिराम चौधरी
– उपत्यका विशेष प्रदेश: विष्णु लामिछाने
– सम्पर्क समन्वय प्रदेश: तारानाथ दाहाल
