रास्वपाको सचिवालय बैठक भोलि

रास्वपाको सचिवालय बैठक भोलि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक आइतबार बोलाएका छन् । बैठक दिउँसो ३:३० बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर (वनस्थली) मा बस्नेछ । पार्टीका तर्फबाट जारी सूचनाअनुसार बैठकमा संगठन विस्तार, नीतिगत निर्णय तथा आगामी महाधिवेशनसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ । बैठकको प्रस्तावित कार्यसूचीमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन सम्बन्धी विषय, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभागहरूको मनोनयन रहेका छन् । यसैगरी महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने विषय पनि एजेन्डामा समेटिएको छ । त्यसैगरी पार्टीले विज्ञ तथा योजनाहरूका लागि आह्वान गर्ने विषयमा पनि छलफल गर्ने जनाएको छ…
Read More
सर्वोच्चको फैसलापछि खड्का निवासमा भेला भए कांग्रेस इतरसमूहका नेता

सर्वोच्चको फैसलापछि खड्का निवासमा भेला भए कांग्रेस इतरसमूहका नेता

नेपाली कांग्रेसको विवादमा सभापति गगन थापालाई सर्वोच्च अदालतले मान्यता दिएपछि इतरसमूह छलफलमा जुटेका छन् । नेता पूर्णबहादुर खड्काको निवासमा नेताहरु अहिले बसिरहेका छन् । आजको छलफलपछि अब कसरी जाने भन्ने विषयमा कुराकानी हुने नेताहरुले बताएका छन् । बैठकमा नेता विमलेन्द्र निधि, शशांक कोइराला, कृष्ण सिटौलालगायत रहेका छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.