प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल जारी 

प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल जारी 

गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहबिच अहिले छलफल भइरहेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ । उनीहरूबिच के विषयमा छलफल भइरहेको त्यो भने खुलाइएको छैन । यसअघि हिजो मङ्गलवार मन्त्री गुरुङले नेपाल प्रहरीका आइजीपी, गृहसचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी लगायतसँग झन्डै ५ घण्टा छलफल गरेका थिए ।
Read More
५ वर्षसम्म कैद सजायकाे माग गर्दै दुर्गा प्रसाईँविरुद्ध मुद्दा दायर

५ वर्षसम्म कैद सजायकाे माग गर्दै दुर्गा प्रसाईँविरुद्ध मुद्दा दायर

डिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । बुधबार प्रसाईँविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । प्रसाईँले सामाजिक सञ्जालमार्फत आगामी निर्वाचनको सन्दर्भमा भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको अभियोगमा मुद्दा दायर गरिएको छ । प्रसाईँले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको विरुद्धमा राजसंस्था र हिन्दु राज्य कायम नभएसम्म चुनाव हुन नदिने र चुनाव भएमा देशमा अशान्ति मच्चिने खालका अभिव्यक्ति दिएका थिए । विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
Read More
सभामुख अर्यालद्वारा प्रमुख सचेतकहरूसँग छलफल

सभामुख अर्यालद्वारा प्रमुख सचेतकहरूसँग छलफल

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सहभागी विभिन्न दलका प्रमुख सचेतकहरूसँग छलफल जारी राखेका छन्। सिंहदरबारस्थित कानुन समितिको हलमा भइरहेको उक्त छलफलमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक तथा सचेतकहरूको सहभागिता रहेको छ।
Read More
सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै केपी ओली

सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार दिउँसो २ बजे च्यासलमा आयोजना गरिने ७७ औँ स्थापना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा आदि विषयहरू समेटिने एक नेताले बताए । अध्यक्ष ओलीलाई चैत १४ गते प्रहरीले गिरफ्तार गरेर चैत २६ गते रिहा गरेको थियो । अध्यक्ष ओली पित्त थैलीको पत्थरीको शल्यक्रिया गरेर वैशाख ५ गते घर फर्केका हुन् । हाल स्वास्थ्य लाभ गरिरहेका ओलीले पार्टी स्थापना दिवसका दिन नेता कार्यकर्तालाई सम्बोधन गर्न लागेका हुन् । कार्यक्रममा…
Read More
सुशासन समितिको बैठक बस्दै

सुशासन समितिको बैठक बस्दै

आज राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।  बेठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आ.व. २०८३/०८४ को बजेट तर्जुमाको तयारी बारेमा छलफल हुनेछ । 
Read More
नेकपा एमालेले आज ७७ औँ स्थापना दिवस मनाउँदै

नेकपा एमालेले आज ७७ औँ स्थापना दिवस मनाउँदै

नेकपा एमालेले आज ७७ औँ स्थापना दिवस मनाउँदैछ । उक्त कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । पार्टी केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार दिउँसो २ बजे च्यासलमा आयोजना गरिने ७७ औँ स्थापना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा आदि विषयहरू समेटिने एक नेताले बताए । अध्यक्ष ओलीलाई चैत १४ गते प्रहरीले गिरफ्तार गरेर चैत २६ गते रिहा गरेको थियो । अध्यक्ष ओली पित्त थैलीको पत्थरीको शल्यक्रिया गरेर वैशाख ५ गते घर फर्केका हुन् । हाल स्वास्थ्य लाभ गरिरहेका ओलीले पार्टी स्थापना दिवसका दिन नेता कार्यकर्तालाई सम्बोधन गर्न लागेका हुन्…
Read More
मन्त्रिपरिषद् बैठक: यस्ता छन् आजका प्रमुख पाँच निर्णयहरु

मन्त्रिपरिषद् बैठक: यस्ता छन् आजका प्रमुख पाँच निर्णयहरु

सरकारले गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गर्न माग भइरहेका बेला मन्त्रिपरिषद् बैठक बालाइएता पनि यसबारे केही निर्णय गरेको छैन । आज (मंगलबार) बसेको बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकार सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिनाले ५ वटा निर्णयहरु सुनाएका थिए । यस्ता छन् मुख्य निर्णयहरू : १. नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल, काठमाडौं सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने । २. नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने । ३.प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन…
Read More
गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी

गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी

जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी दिएको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले मंगलबार प्रहरी प्रधान कार्यालयमा गृहमन्त्रीविरुद्ध लिखित उजुरी दिएका हुन्। प्रहरी महानिरीक्षकलाई सम्बोधन गरेर दिइएको निवेदनमा गृहमन्त्री गुरुङलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन अनुरोध गरिएको छ। गुरुङमाथि निष्पक्ष अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरिएको छ। प्रवक्ता शाहले नेपाल प्रहरी ऐनअनुसारै निवेदन दिएको दाबी गरेका छन्। उनले भनेका छन्, “यो निवेदन नेपाल प्रहरी ऐन, २०१८ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम दर्ता गरी तत्काल कारबाही अघि बढाइयोस् भन्ने हाम्रो विनम्र अनुरोध छ।” मुभमेन्टले आफ्नैविरुद्धको अनुसन्धान प्रक्रियामा पदमा बहाल रहनु स्वार्थको द्वन्द्व…
Read More
सरकारी विज्ञापनमा विभेद गरिएको भन्दै पत्रकार महासङ्घ आन्दोलित

सरकारी विज्ञापनमा विभेद गरिएको भन्दै पत्रकार महासङ्घ आन्दोलित

तीनै तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने सरकारको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घले देशव्यापी आन्दोलनको घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको उक्त निर्णय र परिपत्र प्रेस स्वतन्त्रता, संविधानको भावना र खुला बजार अर्थनीतिविपरीत रहेको ठहर गर्दै महासङ्घले दबाबमूलक अभियान सुरु गर्ने भएको हो। यसअघि चैत २३ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा पनि सरकारले चासो नदेखाएपछि महासङ्घले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिअनुसार वैशाख ९ गते सबै प्रदेश समितिले मुख्यमन्त्रीहरूसँग छलफल गरी सरकारको निर्णयका विरुद्ध प्रतिबद्धता लिने कार्यक्रम तय गरिएको छ। त्यस्तै, वैशाख १० गते बिहान १० बजे देशभरका जिल्ला शाखामार्फत…
Read More
रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुदन

रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुदन

 रास्वपा सभापति रवि लामिछाने र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ । रविलाई भेट्न गृहमन्त्री गुरुङ उनको बुढानिलकण्ठस्थित निवासमा पुगेका थिए । भेटघाटको विषयमा विस्तृत विवरण आउन बाँकी छ । राजीनामाको दबाबका बीच सुधनले पार्टी सभापति रविलाई भेटेका हुन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.