स्वास्थ्य कारणले ओली च्यासल नजाने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने स्थापना दिवस कार्यक्रममा सहभागी नहुने भएका छन्।

पार्टीले ७७ औँ स्थापना दिवसका अवसरमा च्यासलमा विशेष कार्यक्रम आयोजना गरे पनि स्वास्थ्य अवस्थाका कारण ओली उपस्थित हुन नसक्ने जानकारी आएको एमालेका नेताहरूले बताएका छन्।

हालै पित्तथैलीको शल्यक्रिया गरेका ओली चिकित्सकको सल्लाहअनुसार आराममा रहेको बताइएको छ। स्वास्थ्य समस्या देखिएपछि उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।

कार्यक्रममा उनको उपस्थित हुने अपेक्षा गरिए पनि अन्ततः स्वास्थ्य अवस्थाका कारण सहभागिता रोकिएको हो।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.