सेयर खरिदका लागि गृहमन्त्री गुरुङले लिएको ३७ लाख ५० हजारको ऋण तमसुक सार्वजनिक

गृहमन्त्री सुधन गुरुङले दुईवटा बिमा कम्पनीको सेयर खरिद गर्नका लागि लिएको ऋणको तमसुक सार्वजनिक भएको छ।

काठमाडौं महानगरपालिका वडा नं. १ को कार्यालयमा प्रमाणित गरिएको कपाली तमसुकअनुसार गृहमन्त्री गुरुङले ३७ लाख ५० हजार रुपैयाँ ऋण लिएर सेयरमा लगानी गरेको खुलासा भएको हो।

सार्वजनिक भएको तमसुकको विवरणअनुसार गोरखा जिल्ला, गण्डकी गाउँपालिका वडा नं. ३ घर भएका ३६ वर्षीय गुरुङले काठमाडौं–१ निवासी ६८ वर्षीय विजय कुमार श्रेष्ठबाट उक्त रकम ऋण लिएका हुन्। २०८० साल वैशाख २६ गते एनएमबि बैंकको चेक नम्बर १०२०८३८५१२ मार्फत सो रकम लेनदेन भएको तमसुकमा उल्लेख छ। उक्त ऋण पत्रलाई २०८० भदौ २९ गते वडा कार्यालयमा विधिवत् दर्ता गरी प्रमाणित गरिएको देखिएको छ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.