यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७४५ दशमलव ६५ बिन्दुमा कायम भएको छ । यो एक दशमलव ०१ प्रतिशतको वृद्धि हो ।
आज ३३५ कम्पनीको ७४ लाख ७८ हजार ५६२ कित्ता शेयर ५३ हजार १४ पटक खरिदबिक्री हुँदा ३ अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह शून्य दशमलव ६७, विकास बैंक शून्य दशमलव ९५, वित्त एक दशमलव ८७, होटल तथा पर्यटन एक दशमलव ४८, जलविद्युत् १ दशमलव ७१, लगानी १ दशमलव १०, जीवन बीमा शून्य दशमलव ६२ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४० प्रतिशतले बढेको छ ।
त्यस्तै, लघुवित्त समूह शून्य दशमलव १६, म्युचुअल फन्ड शून्य दशमलव ५५, निर्जीवन बीमा समूह १ दशमलव ५२ र अन्य समूह १ दशमलव १३ प्रतिशतले बढेको नेप्से जनाएको छ ।
त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६ दशमलव ५४ प्रतिशतले घटेको छ ।
