नेपाल एसबिआई बैंकको सिन्धुलीको घ्याङलेख स्थित गाउँपालिकामा रहेको शाखा लुटिएको छ । बेलुकी तिर आएका लुटेराले सुरक्षा गार्डको हात काटिदिएका छन् भने कर्मचारीलाई बाँधेर पैसा लुटेर लागेका छन् ।
स्थानीय बिर्ख वाइवा तामाङ्गका अनुसार बैंक लुटेराहरु बैंक लुटेर भागेका छन् भने हात काटिएका सुरक्षा गार्डलाई उपचारका लागि अस्पताल लगिएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।
