ओमानविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने

आइसीसी लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

ओमानसँग पहिलो खेलमा हारेको नेपाल बदला लिएर शृंखलामा तेस्रो जित निकाल्ने र सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको छ ।

यूएई र ओमानसम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले ४ अंक बटुलेको छ।

सिरिजको पहिलो खेलमा घरेलु टोली नेपाल ओमानसँग डीएलएस मेथडमा १ सय २ रनले पराजित भएको थियो भने दोस्रो खेलमा यूएईलाई ३७ रनले हराएको थियो।

आज अघिल्लो खेलबाट दुई खेलाडी परिवर्तन भएका छन् । आजको खेलमा आशिफ शेख र करण केसी प्लेइङ ११ मा आउँदा भिम सार्की र सोमपाल कामी बेन्चमा छन्।

नेपालको प्लेइङ ११ः
विनोद भण्डारी, आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरि, आरिफ शेख, गुल्सन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित नारायण राजवंशी

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.