नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदमुक्त हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ शुक्रबार जारी गरेसँगै शाक्य पनि पदमुक्त हुने भएका हुन् ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पालामा पदमुक्त भएका शाक्य पछि सर्वोच्च अदालतको परमादेशपछि पुनः जिम्मेवारीमा फर्किएका थिए ।
तर, सरकारले राजनीतिक नियुक्ति पाएका सबैलाई पदमुक्त गर्नेगरी अध्यादेश ल्याएपछि अन्ततः शाक्य पुनः पदमुक्त हुने भएका छन् । शाक्यसँगै ‘नेपाल विद्युत प्राधिकरण ऐन, २०४१’ बमोजिम नियुक्त भएका ५ सदस्य पनि पदमुक्त हुने भएका छन् ।
त्यस्तै, काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ अनुसार नियुक्त चार पदाधिकारी पदमुक्त हुने भएका छन् ।
