सरकारले थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
संसद छलेर दुई अध्यादेश ल्याएको भन्दै चौतर्फी विरोध भइरहेका बेला सरकारले बुधबार थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । यससँगै दुई दिनमा ५ वटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार विश्वविद्यालय, स्वास्थ्य र केही नेपाल ऐन संशोधन गर्न बनेका अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस भएको छ ।
यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुई वटा (सहकारी र संवैधानिक परिषद्सम्बन्धी) अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । स्वीकृतका लागि राष्ट्रपति कार्यालय पुगेपछि मात्रै सरकारले ती अध्यादेश ल्याएको खुलासा भएको थियो ।
