बुधबार २५.८१ अंकले घट्यो नेप्से परिसूचक

बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५.८१ अंकले घटेर २७४४.४५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५१ कम्पनीको १ करोड २१ लाख ३४ हजार ३६० कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ९८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिलायन्स स्पिनिङसको भएको छ । यस कम्पनीको २४ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा १३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, १०% केबिएल डिबेन्चर २०९०का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ११ प्रतिशत भन्दा धेरैले घटेको हो ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.