रुकुमपश्चिमको आठबिसकोटमा जीप दुर्घटना भएको छ । मंगलबार बेलुका भएको दुर्घटनामा परेर १३ जना घाईते भएका छन् भने तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार आठबिसकोट नगरपालिका ९ सुन्दरपानी नजिकै यात्रुबहाक जीप दुर्घटना भएको हो । आठबिसकोट ९ को राडीबजारबाट घर्तीगाउँतर्फ जाँदै गरेको ग २ च ५२१३ नम्वरको जीप दुर्घटना भएको हो ।
डिएसपी पौडेलका अनुसार दुर्घटनामा परेर १३ जना घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि आठबिसकोट नगर अस्पतालमा ल्याइएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको डिएसपी पौडेलले जानकारी दिनुभयो ।
दुर्घटनाका प्रत्यक्षदर्शीका अनुसार जीपमा १९ बढी यात्रुहरु रहेका थिए । उनीहरुको उद्धार गरिएको छ । घाइतेको पहिचान बारे प्रहरीले विवरण संकलन गरिरहेको बताइएको छ । घटनास्थलमा नेपाल प्रहरी र आठबिसकोट नगर प्रहरीको टोली पुगेको छ । अन्य पनि घाइते भएको र उनीहरुलाई उद्धार कार्य जारी रहेको बताएको छ । दुर्घटनाको थप विवरण आउन बाँकि रहेको छ ।
