सरकारले नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार उनी १८ वैशाखदेखि जिम्मेवारी सम्हाल्नेछन् ।
हालका आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी सोही दिन अवकाश जाँदैछन् ।
पौडेल १८ चैत २०८४ सम्म पदमा रहनेछन् ।
२०५४ सालमा नेपाल प्रहरीमा इन्स्पेक्टरबाट सेवा सुरु गरेका पौडेल पछि सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए ।
उनले डीएसपी, एसपी, एसएसपी, डीआईजी हुँदै २०७९ मा एआईजी पदमा बढुवा पाएका थिए ।
आईजीपी दौडमा वंशी दाहाल र गणेश ठाडा मगर पनि प्रतिस्पर्धामा रहे पनि वरिष्ठताका आधारमा पौडेल अघि परेका हुन् ।
