यूएईले ओमानलाई दियो २६९ रनको लक्ष्य

ओपन आर्यान्स शर्माको शतकप्रेरित यूएईले आईसीसी विश्वकप लिग–२ मा ओमानविरुद्ध २६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्यााटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६६ रनको योगफल तयार पारेको थियो ।

यूएईका लागि आर्यान्सले १०५ रनको शतकीय पारी खेले । उनले १२५ बलमा १० चौका र चार छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा आर्यान्सको यो पहिलो शतक हो ।

पहिलो विकेटका लागि आर्यान्स र आदीब उसमानीले १६३ रनको उत्कृष्ट साझेदारी गरेका थिए । आदीबले ६४ रनको इनिङ खेले । उनले ७६ बलमा चार चौका र दुई छक्का प्रहार गरे । हरप्रितसिंह भाटियाले ५४ रन बनाए । उनले ५८ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । मोहम्मद शहदादले २५ रन बनाए ।

ओमानका सिद्धार्थ बुकापटनम र शाह फैसलले समान दुई विकेट लिए । सकील अहमदले एक विकेट हात पारे । ओमान जितका साथ सिरिजको सुरुआत गर्ने लक्ष्यमा छ । लिग–२ मा २४ खेल खेलेको ओमान २९ अंकका साथ तेस्रो स्थानमा छ । यूएई पनि सिरिजमा पहिलो जित निकाल्ने दाउमा छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.