कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने भएका छन् ।
संसदीय दलको नेता सर्वसम्मतिमा टुंगो लगाउन पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरिएको थियो । सोमबार बिहान उपसभापति शर्मा नेतृत्वको समितिले सहमति जुटाएको हो ।

सानेपा केन्द्रीय कार्यालयमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक उनको नाम अनुमोदन गरेको हो । दलको विधान अनुसार हुने भएकाले संसदीय दल नेता कसलाई चुन्ने सांसदहरूको हातमा रहेको उनले बताए । उनले भने ‘आजको बैठकले सांसदहरू सहमत हुनुभयो भने भइहाल्यो, नत्र चुनाव हुन्छ ।’


कांग्रेसमा ३८ जना सांसद छन्। आङ्देम्ब समानुपाति तर्फवाट संसद भएका हुन ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.