भारतका विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउने

 भारतका विदेश सचिव विक्रम मिस्री चाँडै नेपाल भ्रमणमा आउने भएका छन् । विदेश सचिव मिस्रीले नेपाल आएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वकाे सरकारलाई बधाई सन्देश दिइनेछ ।

बालेन नेतृत्वमा सरकार गठन भएपछि भारतबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ।

मिस्रीको नेपाल भ्रमणपछि प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय टुङ्गो लाग्ने बुझिएको छ ।

उनले भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरूसँग मन्त्रालयमा कुराकानी गर्दै छिट्टै नेपाल आउने योजना रहेको तर मिति भने अझै तय नभएको उनले बताए । साथै उनले नेपालका परराष्ट्रमन्त्रीसँग यसबारे निरन्तर छलफल भइरहेको बताएका छन्।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.