प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सुकुमवासी बस्तीमा डोजर चलिरहेका बेला उनले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक डाकेका हुन् ।

काठमाडौँ उपत्यकाका सुकुमवासी बस्ती भत्काउने क्रम चलिरहेका बेला सार्वजनिक बिदाकै दिन आइतबार मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । प्रधानमन्त्री बालेनकै निर्देशनमा शनिबारदेखि काठमाडौँस्थित नदी किनारका अव्यवस्थित बस्ती डोजर प्रयोग गरेर हटाउने क्रम चलिरहेको छ । यहीबिच डाकिएको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण केही निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.