सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट
पूर्णबहादुर खड्का समूहले नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिने सर्वोच्चको फैसला विरोधाभासपूर्ण, अदालतका आफ्नै नजिर तथा निर्वाचन आयोगले कायम गरेका अभ्यासविपरित रहेको टिप्पणी गरेको छ । आईतवार काठमाडौंमा भएको छलफलमा सर्वोच्चको फैसलामा असन्तुष्टि जनाउँदै नेताहरुले पुनरावलोकनमा जाने सुझाव दिएको नेता मिन विश्वकर्माले बताए । गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई वैधानिकता दिने सर्वोच्चको फैसला संविधान, प्रचलित कानून र नेपाली काँग्रेसको विधानसँग समेत बाझिने प्रकृतिको रहेको समेत उनको टिप्पणी छ । अदालतले कानूनी रूपमा विवाद समाधान गरेपनि पार्टीलाई सुदृढ बनाउने विषय अझै चुनौतीपूर्ण रहेको उनको भनाइ छ । उनले पार्टी एकताको पहल तत्काल आवश्यक रहेको औँल्याउँदै विशेष महाधिवेशनबाट आएको कार्यसमिति…
