बलिउड गायिका आशा भोसलेअस्पताल भर्ना

भारतीय संगीत जगतकी प्रख्यात पार्श्व गायिका आशा भोसलेको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईको एक निजी अस्पतालमा भर्ना गरिएको छ। ९२ वर्षीया गायिकालाई शनिबार साँझ दक्षिण मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।

उनकी नातिनी जनाई भोसलेले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै आशाजीलाई छातीमा संक्रमणका कारण अस्पताल लैजानुपरेको बताएकी छिन्। अस्पताल भर्ना भएलगत्तै चिकित्सकहरूको टोलीले उनको उपचार सुरु गरेको छ। केही प्रारम्भिक रिपोर्टहरूमा उनलाई श्वासप्रश्वास र मुटु सम्बन्धी समस्या देखिएको उल्लेख गरिए पनि परिवारले भने संक्रमण र कमजोरीका कारण उपचार भइरहेको पुष्टि गरेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *