एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट प्रतिष्ठित ‘एसटिपी अवार्ड २०२५’ प्रदान

एनएमबि बैंकले अन्तर्राष्ट्रिय भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत जर्मनीको कमर्ज बैंक एजीबाट प्रतिष्ठित ‘एसटिपी अवार्ड २०२५’ प्राप्त गरेको छ।

बैंकले उच्च गुणस्तरको सेवा र प्रभावकारी अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गरेबापत यो सम्मान पाएको हो।

‘एसटिपी अवार्ड’ बैंकिङ क्षेत्रमा विश्वव्यापी रूपमा प्रतिष्ठित मानक मानिन्छ। यो अवार्ड बिना कुनै मानवीय हस्तक्षेप सीमापार कारोबारहरूलाई सहज र पूर्ण रूपमा स्वचालित ढङ्गले सम्पन्न गर्ने सीमित बैंकहरूलाई मात्र प्रदान गरिन्छ। एनएमबि बैंकको यो उपलब्धिले बैंकको प्राविधिक सक्षमता, कार्यगत अनुशासन र अत्याधुनिक स्वचालित प्रणालीमा गरेको लगानीलाई प्रतिविम्बित गरेको छ।

यस सम्मानका बारेमा बोल्दै एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले यो उपलब्धि ग्राहकहरूका लागि अन्तर्राष्ट्रिय बैंकिङ सेवालाई सरल र सहज बनाउन बैंकले गरिरहेको निरन्तर प्रयासको नतिजा भएको बताए। उनले उच्च डाटा गुणस्तर र प्राविधिक मापदण्ड कायम राख्दै सुरक्षित र झन्झटमुक्त सेवा प्रदान गर्न बैंक सधैँ प्रतिबद्ध रहने जानकारी समेत दिए।

यस अवार्डले अन्तर्राष्ट्रिय व्यापार, लगानी र विश्वव्यापी वित्तीय पहुँचका लागि एनएमबि बैंकलाई एक विश्वसनीय साझेदारको रूपमा स्थापित गर्न थप मद्दत पुग्ने विश्वास लिइएको छ।

हाल बैंकले देशभर रहेका १९८ शाखा, १८४ एटीएम र ९ वटा एक्स्टेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.