हिमालयन रिइन्स्योरेन्सका सीईओसहित उच्च पदाधिकारीलाई बीमा प्राधिकरणले सोध्यो स्पष्टीकरण

हिमालयन रिइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित उच्च पदाधिकारीलाई नेपाल बीमा प्राधिकरणले स्पष्टीकरण सोधेको छ।

पछिल्लो समय कम्पनीमा भएका नियमविपरीतका कार्यलाई लिएर सीईओ उपासना पौडेलसहित उच्च पदाधिकारीलाई स्पष्टीकरण सोधिएको प्राधिकरणकी प्रवक्ता एवं निर्देशक पुजन ढुंगले अधिकारीले जानकारी दिइन्। ‘प्राधिकरणले ७ दिनभित्र चित्तबुझ्दो जबाफ पठाउन कम्पनीका सीईओलगायत उच्च पदाधिकारीलाई निर्देशन दिएको छ’, उनले भनिन्।

चित्तबुझ्दो जबाफा नआएको खण्डमा प्राधिकरणले कारबाही प्रक्रिया अगाडि बढाउने प्रवक्ता अधिकारीले जानकारी दिइन्।

केही दिनअघि मात्रै कम्पनीको अध्यक्ष पदबाट शेखर गोल्छाले राजीनामा दिएका थिए। त्यसपछि कम्पनीका स्वतन्त्र सञ्चालकबाट किरण पौडेलले पनि राजीनामा दिएका छन्।

हालै कम्पनी सञ्चालकमा पुनर्गठन गरिएको थियो। जसअनुसार सञ्चालकहरुमा उदयकुमार निरौला, दिपेन्द्रकुमार मिश्र र पृथ्वीराज थापालाई मनोनित गरिएको थियो। सञ्चालक समितिको बैठकले नवनियुक्त सञ्चालक निरौलालाई आगामी साधारणसभासम्मका लागि कम्पनीको अध्यक्षमा नियुक्त गरेको थियो।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.