आफ्नो जन्मदिनको अवसरमा परिवारलाई सन लाइफ नबिन आजीबन आर्थिक सुरक्षा उपहार

समाजमा आफ्नो जन्मदिन लगायत बिशेष दिनमा केक काट्ने , पार्टी ,भोज वा विभिन्न कार्यक्रम आयोजना गरी फजुल खर्च गर्ने चलन बढ्दो रूपमा विकसित छ, तर माडी ०४, चितवन निवासी युवा उधमी, तथा सफल बीमाकर्मी सिमान्त चौधरीले आफ्नो जन्मदिनमा हुने बिभिन्न फजुल खर्च कटाई भविष्यमा हुन सक्ने आर्थिक क्षतिबाट परिवार बचाउन जन्मदिनलाई बिशेष बनाउन दीर्घकालीन सोच सहित बीमा पोलिसी आर्थिक उपहार प्रदान गरेका छन्।

उनले बजारमा उपलब्ध विभिन्न बीमा योजना मध्ये उत्कृष्ट मानिएको “ सबै काम गरौं पटक पटक बीमा गरौं एक पटक ” भन्ने भनाई सहित सन लाइफ नबिन आजीवन बीमा योजना रोज्दै आफ्नो र आफ्नो परिवारको भविष्य सुरक्षित गर्ने निर्णय गरेका हुन् ।

अनावश्यक हुने साना ठुला फजुल खर्चलाई बचतमा परिवर्तन गरि बीमामा जम्मा गर्ने जसबाट भोलिको दिनमा छोरालाई उच्च शिक्षा दिलाउन र आफ्नै पनि अवकाश जीवन सहज बनाउने बिश्वासका साथ उनले आफ्नै जीवनमा भोगेका अभाव र समस्याहरु सम्झिदै छोराको जीवनमा र परिवारमा नपरोस् भन्दै सुन्दर नौलो सुरुवात गरेका छन् ।

यस नौलो सराहनीय कार्यको प्रशंसा गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स माडी शाखाका शाखा प्रबन्धक प्रकाश अर्यालले उनलाई बीमा पोलिसि हस्तान्तरण गर्दै बीमाले परिवारको भविष्य सुरक्षित बनाउँछ भन्दै प्रेरणा समेत ब्यक्त गरे

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.