नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिनुभएको छ । उहाँले बुधबार आफ्नो पदबाट राजीनामा दिनुभएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले एक साताअघि नै भट्टलाई आफ्नो पदबाट राजीनामा दिएर सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । भट्टलाई तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २६ फागुन २०८० मा तीन वर्षका लागि नियुक्त गरेको थियो । सरकारले अध्यादेशमार्फत एक हजार ५९४ राजनीतिक नियुक्ति खारेज गरेका बेला निगम प्रमुख भने पर्नुभएको थिएन ।
