नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ८४ पैसा र बिक्रीदर १५३ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७९ रुपियाँ ०३ पैसा र बिक्रीदर १७९ रुपियाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ ४४ पैसा र बिक्रीदर २०७ रुपियाँ २५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपियाँ ५९ पैसा र बिक्रीदर १९६ रुपियाँ ३५ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपियाँ ८० पैसा र बिक्रीदर १११ रुपियाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपियाँ ६३ पैसा र बिक्रीदर ११२ रुपियाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ ११ पैसा र बिक्रीदर १२० रुपियाँ ५८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ६९ पैसा र बिक्रीदर नौ रुपियाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५१ पैसा र बिक्रीदर २२ रुपियाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७४ पैसा र बिक्रीदर ४० रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ९३ पैसा र बिक्रीदर ४२ रुपियाँ ०९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ७२ पैसा र बिक्रीदर चार रुपियाँ ७४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ६१ पैसा र बिक्रीदर ४१ रुपियाँ ७८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपियाँ ८९ पैसा र बिक्रीदर ३९ रुपियाँ ०४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ २६ पैसा र बिक्रीदर १० रुपियाँ ३० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ४० पैसा र बिक्रीदर १६ रुपियाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ९६ पैसा र बिक्रीदर २४ रुपियाँ ०५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १९ रुपियाँ ५२ पैसा र बिक्रीदर १९ रुपियाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपियाँ ९१ पैसा र बिक्रीदर ५०० रुपियाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपियाँ २५ पैसा र बिक्रीदर ४०६ रुपियाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपियाँ ९८ पैसा र बिक्रीदर ३९८ रुपियाँ ५४ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस
