साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ ओटाको घटेको छ ।
बुधबार एसवाई प्यानल नेपालको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २७ करोड ७९ लाख ४६ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
एशियन हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ११.४२ प्रतिशतले बढेको छ ।
धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ११.१७ प्रतिशतले घटेको छ ।
कुल ३३९ कम्पनीको ५६ लाख ४१ हजार ३६७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८० करोड ६१ लाख २९ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
