आज संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद सचिवालयकाअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ ।
आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । आजको बैठकको सुरुमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेका आर्थिक वर्ष २०८३/०८४ को सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसपछि बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ । आजै प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची संसद् सचिवालयले जनाएको छ ।
