कस्तो छ आजको मौसम पूर्वानुमान ?

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो कोशी र मधेश प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राती हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको तथा मधेश प्रदेश लगायत बाँकी हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.