प्रधानमन्त्री अनुपस्थित भएपछि राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित

प्रधानमन्त्री बालेन शाह उपस्थित नहुने भएपछि प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दै स्थगित भएको छ । सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको बैठक स्थगित भएको हो ।

समितिका कार्यक्षेत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग पर्छन् । समिति बैठक मन्त्री नभई बस्ने परम्परा नरहेको र समितिको कार्यक्षेत्र पर्ने प्रधानमन्त्री र मन्त्री आउन नसक्ने भएपछि स्थगित गरिएको समिति सचिव सहसचिव कान्छा दुलालले जानकारी दिए ।

बैठकमा समितिको कार्यक्षेत्र र समितिको आगामी कामकारबाहीका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको थियो । समिति सचिवालयले सूचना निकालेर विशेष कारणवश बैठक स्थगित गरिएको जनाएको छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.