नेपाली बजारमा सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुन प्रतितोला ३ सय रुपैयाँ घटेको हो । योसँगै आज छापावाला सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै सोमबार चाँदीको भाउ भने बढेको छ । चाँदी प्रतितोला २० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
