सशस्त्रका महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न

सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन् ।

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले मन्त्रालयमा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

सोमबार मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

१८ वैशाखदेखि तत्कालीन आईजीपी राजु अर्याल अवकास भएपछि पौडेलले सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन् ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.