आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले आज बिहान १०:३० बजे मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।
बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ। यस अगाडि मन्त्रिपरिषद् बैठकले संसद् बैठक आह्वान गर्न सिफारिस गरेर राष्ट्रपतिलाई पनि स्थगित गर्न सिफारिस गरेको थियो। त्यसपछि सरकारले विभिन्न अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको थियो।जसमध्ये राष्ट्रपतिले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश पुनर्विचारका लागि आइतबार सरकारलाई फिर्ता पठाएका हुन्।
आजको बैठकमा पुन अध्यादेश पठाउने वा संसद् बैठक आह्वान गर्नेबारे पनि छलफल हुने सम्भावना छ। पछिल्लो समय मन्त्रिपरिषद्को बैठकपश्चात निर्णय सुनाउँदा विशेष निर्णय भने लुकाउने गरिएको छ। मन्त्रीले सामान्य निर्णयमात्र सुनाउने गरेका छन्।
