राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

 राष्ट्रपति रामचन्द्र पौडेलले ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति उच्च सम्मान प्रकट गरेका छन्। आइतबार बिहान सिंहदरबारको पश्चिम ढोका अगाडि आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले शाहको सालिकमा पुष्पहार र माल्यार्पण गरेका हुन्।

राष्ट्रपति पौडेल कार्यक्रम स्थल पुग्दा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा विशेष सलामी अर्पण गरेको थियो। समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्षलगायत राज्यका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। उनीहरूले पनि राष्ट्र निर्माताको योगदानलाई स्मरण गर्दै सालिकमा फूल गुच्छा अर्पण गरेका थिए।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहको योगदानलाई सम्मान गर्दै हरेक वर्ष पुस २७ गते यो दिवस मनाउने गरिन्छ। यस वर्ष पनि काठमाडौँ उपत्यकासहित देशभर विभिन्न सभा, गोष्ठी र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाइँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *