वर्षाका कारण वीपी राजमार्ग पुनः अवरुद्ध

हिजो राति परेको वर्षाका कारण वीपी राजमार्गको दुई ठाउँमा सडक अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार राजमार्गको चारसय बेसी र कटुन्जेमा डाइभर्सन बाढीले बगाएपछि यातायात ठप्प भएको हो । अहिले सडक खुलाउने काम भइरहेको र अबको एक देखि डेढ घण्टाभित्रमा यातायात सुचारु हुने प्रमुख योगेशले जानकारी दिए ।

वर्षाका कारण सडक अवरुद्ध बनेपछि बिहानैदेखि सवारी साधन र यात्रुहरू बिच बाटोमै रोकिएका छन् । अहिले सडक विभागले मेशिन प्रयोग गरेर अवरोध हटाउने काम गरिरहेको छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.