सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

 मन्त्रिपरिषद् बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी रहेको छ ।

बैठक केहीबेरअघि सुरु भएको हो ।

आजको बैठकले संवैधानिक परिषद्सम्बन्धी लगायतका केही अध्यादेश ल्याउने तयारी गरेको स्रोतले जनाएको छ ।

यसअघि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी १७ वैशाखका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेका थिए ।

तर, त्यसको भोलिपल्टै सरकारकै सिफारिसमा उक्त अधिवेशन स्थगित गरिएको थियो ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.