‘छ माया छपक्कै २’ को मुहूर्त

अभिनेता दीपकराज गिरीले आगामी फिल्म ‘छ माया छपक्कै २’ को छायाङ्कन सुरु गर्ने भएका छन् । सूर्यविनायकस्थित गणेश मन्दिरमा ‘छ माया छपक्कै २’ को शुभ मुहूर्त गरिएको हो । फिल्मको छायाङ्कन भने वैशाख १८ गतेदेखि सुरु हुनेछ ।

२०७६ सालको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ को सिक्वेलको काम औपचारिक रूपमा अगाडि बढेको हो । पहिलो शृङ्खलाकै टिमले ‘छ माया छपक्कै २’ निर्माण गर्न लागेको हो ।

फिल्ममा निर्देशक दीपेन्द्र लामाले नै निर्देशन गर्नेछन् । मुख्य भूमिकामा दीपकराज गिरी र केकी अधिकारी दोहोरिएका छन् ।

यस पटक मोडल तथा अभिनेत्री सनिशा भट्टराई पनि शीर्ष भूमिकामा देखिने भएकी छन् । ‘१२ गाउँ’ र ‘नरसिंहा अवतार’ मा अभिनय गरिसकेकी उनको यो तेस्रो फिल्म हुनेछ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.