गत शनिवार साँझदेखि अवरुद्ध बिपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । १२ गते शनिवार रोशी खोलामा आएको बाढीले बिगारेको डाइभर्सन आइतबार प्रायः स्थानमा बनिसकेको भएपनि आइतबार साँझको पानीले बनेका डाइभर्सन बगाएपछि पुनः अवरुद्ध भएको हो ।
राजमार्गको चिउरीबास, नार्के र चार सय बेशीमा आइतबार बनेको डाइभर्सन बगाएको छ ।
पुनः आज बिहानदेखि डाइभर्सन बनाउन सुरु गरिएको छ । शनिवार रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको थियो भने सिन्धुलीतर्फ आँपघारी र नेपालथोकमा डाइभर्सन बगाएको थियो ।
प्रहरीका अनुसार सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीले मौसममा सुधार आए क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याउने तयारी छ ।
